Kathmandu Press

स्लोभाकिया राष्ट्रपति चुनावमा पेलेग्रिनीको जित

कुल मतको ९९ प्रतिशत मतगणना भइसकेको र यसबाट पेलेग्रिनीले ५३.३८ प्रतिशत र पूर्व विदेशमन्त्री इभान कोर्कोकले ४६.६१ प्रतिशत मत पाएको देखिएको छ। 
स्लोभाकिया राष्ट्रपति चुनावमा पेलेग्रिनीको जित
Hardik ivfHardik ivf

ब्राटिस्लाभा, चैत २५ :  स्लोभाकियाको तथ्यांक कार्यालयले स्लोभाकियाको राष्ट्रिय परिषद्का वर्तमान सभामुख पिटर पेलेग्रिनीले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजय हासिल गरेको जानकारी गराएको छ। 

कुल मतको ९९ प्रतिशत मतगणना भइसकेको र यसबाट पेलेग्रिनीले ५३.३८ प्रतिशत र पूर्वविदेशमन्त्री इभान कोर्कोकले ४६.६१ प्रतिशत मत पाएको देखिएको छ। 

पेलेग्रिनीले सन् २०१८ देखि २०२० सम्म स्लोभाकियाको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए भने कोर्कोकले २०२० देखि २०२२ सम्म देशको विदेश मन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए।

मार्च २३ मा भएको नौ जना उम्मेदवारहरू सम्मिलित पहिलो चरणको निर्वाचनमा कोर्कोकले ४२।५१ प्रतिशत र पेलेग्रिनीले ३७।०२ प्रतिशत मत पाएका थिए। 

स्लोभाकियाको राष्ट्रपति प्रत्यक्ष निर्वाचनमा छनोट हुने परम्परा रहेको छ। वर्तमान राष्ट्रपति जुजाना कापुटोभाको पाँच वर्षको कार्यकाल यही वर्षको जुन १५ मा सकिनेछ उनले यो निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्।

प्रकाशित मिति: १३:३४ बजे, आइतबार, चैत २५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्