कैलालीको गौरीफन्टा नाकामा तनाव
काठमाडौं, चैत्र ११ : कैलालीको गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।
सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी लकडाउन गरेपनि भारतमा रहेका नेपाल....

काठमाडौं, चैत्र ११ : कैलालीको गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।
सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी लकडाउन गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो । मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए ।
तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन । जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको थियो ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)