Kathmandu Press

कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ संगठनको चेतावनी

काठमाडौं, चैत्र ११ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको बताएका छन्।

टेड्रो....

कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको विश्व स्वास्थ संगठनको चेतावनी

काठमाडौं, चैत्र ११ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको बताएका छन्।

टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका हुन्।

जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स भन्छिन्, पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै तीन लाख पुग्यो। विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारी को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।

विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ। प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

प्रकाशित मिति: ०८:४८ बजे, मंगलबार, चैत ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्