Kathmandu Press

पहिचान पक्षधर डकेन्द्रसिं लिम्बू थेगिमले इलाम २ मा गराए मनोनयन दर्ता

बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो सांस्कृतिक पहिरनसहित ठूलो समूहमा आएका उनले पाँचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन्। 
पहिचान पक्षधर डकेन्द्रसिं लिम्बू थेगिमले इलाम २ मा गराए मनोनयन दर्ता

इलाम, चैत २४ : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि  इलाम २ मा धमाधम मनोनयन दर्ता भइरहेको छ।

आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिने व्यवस्था मिलाइएकोमा प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बू थेगिमले पनि मनोनयन दर्ता गराएका छन्। 

Hardik ivf

बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो सांस्कृतिक पहिरनसहित ठूलो समूहमा आएका उनले पाँचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन्। 

उनीअघि जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र मंगोल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले उम्मेदवारी दर्ता गराए। एमालेका सुहाङ नेम्वाङ र नेकपा एकीकृत समाजवादीका जितबहादुर राईले पनि उम्मेदवारी दर्ता गराएका छन्।

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भने मनोनयन दर्ता गराइसकेका छैनन्  
 

प्रकाशित मिति: १६:०२ बजे, शनिबार, चैत २४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्