सुनसरीमा कर्फ्यु जारी, हटाउने विषयमा सर्वदलीय बैठक जारी
छलफलपछि कर्फ्यूका बारेमा निर्णय हुने बताइएकाे छ। शुक्रबार दिनभर अशान्त रहेको ती पालिका कर्फ्युका कारण जनजीवन पनि कष्टकर बनेकाे छ।
काठमाडौं, चैत २४ : सुनसरीको भुटाहामा दुई पक्षबीच झडप भएपछि लगाइएको कर्फ्यु अझै हटेकाे छैन।फेसबुकमा राखेको भिडियोका कारण सुरु भएको विवादले अप्रिय घटना हुन सक्ने देखेपछि सुनसरीका पाँचवटा पालिकामा शुक्रबार लगाइएकाे अनिश्चितकालीन कर्फ्यु शनिबार पनि जारी रहेकाे हाे।
जिल्ला प्रशासन कार्यालय सुनसरीकाे आह्रवानमा कर्फ्यू हटाउनेबारे निर्णय लिन सर्वदलीय र सर्वपक्षीय बैठक बसिरहेकाे छ। छलफलपछि कर्फ्यूका बारेमा निर्णय हुने बताइएकाे छ। शुक्रबार दिनभर अशान्त रहेको ती पालिका कर्फ्युका कारण जनजीवन पनि कष्टकर बनेकाे छ।
शुक्रबार दिनभरजसो तनावग्रस्त बनेको सुनसरीमा अवस्था नियन्त्रणमा लिन प्रहरीले ३१ राउण्ड हवाई फायर गरेको थियो। स्थिति नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीतर्फ १५ जना प्रहरी र चार सशस्त्र प्रहरी तथा प्रदर्शनकारीतर्फका १० जना घाइते भएका छन्।
प्रकाशित मिति: १४:१३ बजे, शनिबार, चैत २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(7)-1765197040.jpg)







-(86)-1764936079.jpg)
