Kathmandu Press

नेपाली पूँजी पलायन हुन दिँदैनौं : मन्त्री भण्डारी

मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताए। उनले लगानीसँग सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेको जानकारी दिए।
नेपाली पूँजी पलायन हुन दिँदैनौं : मन्त्री भण्डारी

दाेलखा, चैत २३ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पूँजीलाई पलायन हुन नदिने बताएका छन्।

दोलखाको जिरीमा दोस्रो जिरी महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले लगानीमैत्री वातावरण बनाउन सरकारले आगामी लगानी सम्मेलनमा पहिलो प्राथमिकता स्वदेशी लगानीकर्तालाई दिन लागेको बताए।

Hardik ivf

‘नेपालको पूँजीलाई पलायन हुन दिँदैनौँ, पूँजी पलायन हुने खतरा बढेको छ, लगानीको पहिलो प्राथमिकता हामी स्वदेशी लगानीकर्तालाई दिँदै छौं,’ उनले भने, ‘बाह्य लगानीकर्तालाई पनि हामीले आह्वान गरेका छ, बाह्य पूँजीलाई पनि हामी नेपालमा भित्र्याउन चाहन्छौं।’

मन्त्री भण्डारीले सरकार लगानी सम्मेलनको तिव्र तयारीमा जुटेको उल्लेख गर्दै लगानीमैत्री वातावरण बनाउन विद्यमान कानुन निर्माण र संशोधन गर्न सरकार लागिपरेको बताए। उनले लगानीसँग सम्बन्धित कानुन संसद्मा छलफलका क्रममा रहेको जानकारी दिए।

लगानीकर्ताको लगानी सुरक्षित बनाउन सरकार दृढ सङ्कल्पका साथ कानुन निर्माण तथा संशोधन गर्न लागेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालको स्वाभिमानसित नबाँझिने गरेर वैदेशिक लगानी भित्र्याइने बताए।

जनतामा रहेको निराशालाई चिर्दै सरकार आशा जगाउँदै ठोस योजनाका साथ अघि बढेको उल्लेख गर्दै मन्त्री भण्डारीले राष्ट्रिय समस्याको पहिचान गरेर समाधान गर्नुपर्नेमा जोड दिए। उत्पादन भएका बस्तुले बजार नपाउँदा र पूँजी चलायमान नहुँदा आर्थिक गतिविधि घटेकामा उनले चिन्ता व्यक्त गरे।

चालु अधिवेशनमा कानुन संशोधन गरेर अहिलेको आर्थिक समस्या समाधान गर्न सरकार लागिपरेको मन्त्री भण्डारीको भनाइ थियो। तीन तहका सरकारबीच समन्वय गरेर सङ्घीय सरकार अघि बढेको उनले बताए।

प्रकाशित मिति: १८:३३ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्