Kathmandu Press

हरेक मन्त्रालयको बजेट लैंगिक मैत्री हुनुपर्छ : मन्त्री चौधरी

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको सो एक्स्पोको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गरिन्।
हरेक मन्त्रालयको बजेट लैंगिक मैत्री हुनुपर्छ : मन्त्री चौधरी

काठमाडाैं, चैत २३ : महिला उद्यमीहरुको सीप र दक्षता प्रयोग गरी उत्पादन गरेका सामग्रीहरुको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको सिएनआई वोमेन एक्स्पो २०८० शुरु भएको छ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश महिला उद्यम समितिले आयोजना गरेको सो एक्स्पोको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले उद्घाटन गरिन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले हरेक मन्त्रालयको बजेट लैंगिक मैत्री हुनुपर्ने बताए। महिलामैत्री बजेट भए यसबाट महिलाहरुको विकास र उद्यमशिलतामा सहयोग पुग्ने उहाले धारणा व्यक्त गरे।

एक्स्पोमा हुम्लादेखि मोरङ सम्मका १० जिल्लाका कृषिजन्य, कपडा, उपभोग्य सामान, हस्तकला र पर्यटन प्रवद्र्धन सम्बन्धी सामग्रीहरुको प्रदर्शनी राखिएको छ।

दुई दिन सम्म आयोजना हुने सो महिला एक्स्पोमा करिब २५ लाख रुपैया बराबरको कारोबार हुने बताइएको छ।

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्