Kathmandu Press

महानगरको हटलाइन : १२ घण्टामा ४० फोन 

काठमाडाैं, चैत्र १० : कोरोना भाइरस संक्रमणको त्रास बढेपछि काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवामा १२ घण्टाको अवधिमा ४० फोन आएका छन्। म....

महानगरको हटलाइन : १२ घण्टामा ४० फोन 

काठमाडाैं, चैत्र १० : कोरोना भाइरस संक्रमणको त्रास बढेपछि काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको हटलाइन सेवामा १२ घण्टाको अवधिमा ४० फोन आएका छन्। महानगरपालिकाले कोरोना भाइरसबारे जानकारी दिन सञ्चालनमा ल्याएको हटलाइनमा भाइरस भन्दा अन्य कुराको जानकारी लिन फोन आउने गरेको महानगरले जनाएको छ। 

महानगरको अनुसार अधिकांश फोन काठमाडौं बाहिरबाट आउने गरेका छन्। हटलाइनमा सम्पर्क गर्नेले भोलिदेखि गाडी चल्छ कि चल्दैन? बजारमा ग्यास नपाए कहाँबाट लिने? सामान पाइएन भने के गर्ने? लगायतका प्रश्नहरु गरेका छन्।

आइतबार साँझ ५ बजेदेखि महानगरले  ११८० मा फोन गरेर कोरोना भाइरस सम्बन्धि जानकारी लिन सक्ने बताएको थियो। 

त्यस्तै स्वास्थ्य सहायता कक्षबाट कोरोना भाइरसका लक्षण, यसबाट अपनाउनु पर्ने सावधानी, संगरोध (सेल्फ क्वारेन्टाइन) लगायत व्यक्तिगत र सामाजिक क्रियाकलापका विषयमा परामर्श लिन सकिन्छ।

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्