Kathmandu Press

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा महरा नियुक्त

बुटवल, चैत २३ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्। 

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) अनुसार माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

Hardik ivf

महराले शुक्रबार मुख्यमन्त्रीमा दाबी पेश गर्दै आवस्यक ४४ सांसदको हस्ताक्षर पेश गरेका थिए। प्रदेशमा अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार राजनीमा दिएका थिए।

महरालाई माओवादीसहित एमाले, एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतको समर्थन छ। 
 

प्रकाशित मिति: १५:५९ बजे, शुक्रबार, चैत २३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्