पर्साबाट १८ किलो गाँजासहित तीन पक्राउ
वीरगञ्ज, चैत १० : पर्साको बहुदरामाई नगरपालिकाबाट सोमबार प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपालीलाई पक्राउ गरेको छ। बीआर०५एफ ६५६....

वीरगञ्ज, चैत १० : पर्साको बहुदरामाई नगरपालिकाबाट सोमबार प्रहरीले १८ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन नेपालीलाई पक्राउ गरेको छ। बीआर०५एफ ६५६६ नंको मोटरसाइकल लोड गरी भारततर्फ जाँदै गरेको तीन व्यक्तिलाई प्रहरीले नगरपालिकाको वडा नम्बर ५ बाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बहुदरामाई नगरपालिका–५ निवासी ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पर्साकै पकहामैपुर गाउँपालिका–१ निवासी ५० वर्षीय मन्द्रिका सहनी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए। उनले नेपालबाट भारततर्फ लागुऔषधको तस्करी भइरहेको पूर्वसूचनाका आधारमा कारवाही गर्दा गाँजासहित तीनै जनालाई पक्राउ गरिएको बताए।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

