बैतडीमा ट्याक्टर दुर्घटना अपडेट : मृतकको सनाखत
जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परेको थियो।
बैतडी, चैत २३ : यहाँ आज बिहान ट्र्याक्टर दुर्घटनामा मृत्युु भएका दुवै जनाको सनाखत भएको छ।
जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका-८ झौलेक मोडमा दुर्घटनामा परेको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका ३० वर्षीय राजेश चौधरी र बैतडीको पाटन-१० पनालीका ५० वर्षीय मानबहादुर विष्ट रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। उनीहरू दुवै जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ। दुर्घटनाका कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार