Kathmandu Press

दुई समुदायबीच झडप भएपछि सुनसरीका दुई पालिकामा निषेधाज्ञा

जिल्लाका हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्ज गाउँपालिकाका १ र ७ वडामा स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हाे।
दुई समुदायबीच झडप भएपछि सुनसरीका दुई पालिकामा निषेधाज्ञा

विराटनगर, चैत २३ : एसइई परीक्षाका क्रममा कुटपिट भएकाे घटनालाई लिएर दुई समुदायबीच झडप भएपछि सुनसरीका दुई पालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।

जिल्लाका हरिनगर गाउँपालिकाका सबै वडा र देवानगन्ज गाउँपालिकाका १ र ७ वडामा स्थानीय प्रशासनले आज मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी गरेको हाे।

Hardik ivf

बिहीबार एसइई परीक्षाका क्रममा हरिनगर गाउँपालिका-१ स्थित बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो। सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएकाे छ।

स्थानीय जीवन मेहतामाथि कुटपिट भएपछि दुई समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। अहिले स्थिति नियन्त्रणमा आएको बताइएकाे छ।

sunsari-nisedhades-1712300700.jpg

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्