Kathmandu Press

लुम्बिनीमा मुख्यमन्त्रीको दाबी गर्दै जोखबहादुर महराले बुझाए बहुमत सदस्यको हस्ताक्षर

सत्ता साझेदार दलहरूबीच बिहीबार मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गर्ने सहमति भएबमोजिम शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि महराले हस्ताक्षर बुझाएका हुन्।
लुम्बिनीमा मुख्यमन्त्रीको दाबी गर्दै जोखबहादुर महराले बुझाए बहुमत सदस्यको हस्ताक्षर

बुटवल, चैत २३ : माओवादी संसदीय दलका नेता जोखबहादुर महराले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दाबी गर्दै बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् ।

सत्ता साझेदार दलहरूबीच बिहीबार मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेस गर्ने सहमति भएबमोजिम शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री नियुक्तिका लागि महराले हस्ताक्षर बुझाएका हुन्।

Hardik ivf

महराले एमाले, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र २ जनासहित ४४ जना सांसदको समर्थन पेस गरेका हुन्। प्रदेश प्रमुख शेरचनसमक्ष दाबी पेस गर्न महरा, गिरीसहितका नेताहरू पुगेका थिए ।

केन्द्रमा राजनीतिक समीकरणको प्रभाव प्रदेशमा परेको छ। जसका कारण लुम्बिनीका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार राजीनामा दिएपछि शुक्रबार तीन दिनको समय दिएर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन आह्वान गरेका थिए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, कांग्रेसका २७, माओवादीका १० (सभामुखबाहेक), नागरिक उन्मुक्तिका ४ सांसद छन्  राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १–१ र स्वतन्त्रबाट १ सांसद छन्। बहुमतका लागि ४४ सांसदको समर्थन चाहिन्छ, जुन संख्या महराले जुटाएका छन्।

प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, चैत २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्