Kathmandu Press

‘बलिदान’मा ऋचा शर्मा अनुबन्धित

फिल्ममा काम गर्न अभिनेत्री शर्मासँग लिखित सम्झौता भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। फिल्ममा शर्माको भूमिका कस्तो हुने भन्ने उनले खुलाएका छैनन्।
‘बलिदान’मा ऋचा शर्मा अनुबन्धित

काठमाडौं, चैत २२ : निर्माणाधीन नेपाली फिल्म ‘बलिदान’मा अभिनेत्री ऋचा शर्माले पनि अभिनय गर्ने भएकी छन्।

फिल्ममा काम गर्न अभिनेत्री शर्मासँग लिखित सम्झौता भएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। फिल्ममा शर्माको भूमिका कस्तो हुने भन्ने उनले खुलाएका छैनन्।

आगामी वर्ष २०८१ मा रिलिज हुने फिल्ममा यसअघि प्रमुख अभिनेताका रुपमा समीर भट्ट अनुबन्धित भइसकेका छन्। समीर अभिनेता विराज भट्टका छोरा हुन्। उनले यही फिल्मबाट नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन्।

निर्देशक सेनले देशको अस्मिता जोगाउन एक युगपुरुष कसरी जन्मिछ भन्ने कथा फिल्ममा देखाइने बताए।

‘परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलीको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिलहरूलाई समाप्त पर्ने बेला आइसक्यो भन्ने सन्देश फिल्मले दिनेछ,’ उनले भने।

आसुसेन फिल्मस तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड विष्ट तथा सह निर्माता प्रेम पुरी छन्।
 

प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्