चीनको नर्सिङ होममा आगलागी, तीनको मृत्यु, १० घाइते
ग्वान्झाओ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार बिहीबार बिहान ४ बजेर २१ मिनेटमा ग्वान्झाओ शहरको काङ्गी नर्सिङ होममा आगो सल्किएको र त्यसलाई ४ बजेर ४८ मिनेटमा नियन्त्रणमा लिइएको थियो।
ग्वान्झाओ, चैत २२ :दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
ग्वान्झाओ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोका अनुसार बिहीबार बिहान ४ बजेर २१ मिनेटमा ग्वान्झाओ शहरको काङ्गी नर्सिङ होममा आगो सल्किएको र त्यसलाई ४ बजेर ४८ मिनेटमा नियन्त्रणमा लिइएको थियो।
स्रोतका अनुसार घाइते दश जनामध्ये एक जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था स्थिर छ। दुर्घटनाको अनुसन्धान भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।
प्रकाशित मिति: १७:३० बजे, बिहीबार, चैत २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)