Kathmandu Press

आगामी बजेट कार्यान्वयनयोग्य र उत्पादन केन्द्रित हुन्छ : प्रधानमन्त्री

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा उनले आगामी आवको बजेट जनताका समस्या समाधान गर्ने गरी विनियोजन हुने उल्लेख गरे।
आगामी बजेट कार्यान्वयनयोग्य र उत्पादन केन्द्रित हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, चैत २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट जनताका अपेक्षाअनुरुप वस्तुपरक, कार्यान्वयनयोग्य र उत्पादनमा केन्द्रित हुने बताए।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आजको बैठकमा उनले आगामी आवको बजेट जनताका समस्या समाधान गर्ने गरी विनियोजन हुने उल्लेख गरे।

Hardik ivf

उनले आफू नेतृत्वको सरकारले सुरुदेखि नै लघुवित्त तथा सहकारीपीडितका समस्या समाधान तथा जनजीवनका सवाल सम्बोधनका लागि पहलकदमी लिएको बताए। उनले पछिल्लो समयमा अर्थतन्त्र सुधारमा संकेतहरु देखिएको समेत उल्लेख गर्नुभयो। उनले सार्वजनिक वित्तमा सुधार, राजस्व तथा पुँजीगत खर्चमा सुधार भएको भन्दै अर्थतन्त्रका समष्टिगत परिसूचकमा सुधार ल्याउन सरकारले कार्यायोजना बनाएर काम गरिरहेको जानकारी दिए। 

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सुशासन प्रवद्र्धन गर्दै भ्रष्टाचार नियन्त्रणको अभियान सुरु गरेको बताए। अर्थतन्त्रलाई चालयमान बनाउन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार गर्नेलगायतका सङ्कल्पका साथ सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक कानुनहरु तर्जुमाको क्रममा रहेको बताए। 

त्यसअवसरमा प्रधानमन्त्री दाहालले सङ्घीय प्रहरी विधेयक संसद्मा पेश गर्ने अन्तिम तयारी भएको जानकारी गराउए। उनले आफू नेतृत्वको सरकार गठनपछि दुई पटक अन्तरप्रदेश परिषद्को बैठक बसी सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गरेको समेत उल्लेख गरे।

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्