Kathmandu Press

हिरा लुटेको अभियोगमा असईसहित तीन प्रहरी पक्राउ

हेटौडा, चैत १० : मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार ....

हिरा लुटेको अभियोगमा असईसहित तीन प्रहरी पक्राउ

हेटौडा, चैत १० : मकवानपुर प्रहरीले बहुमूल्य पत्थर (हिराजस्तै देखिने) लुटपाटमा संलग्न भएको भन्दै प्रहरी सहायक निरीक्षकसहित तीन प्रहरी र आफूलाई पत्रकार बताउने एक जनालाई पक्राउ गरेको छ।

मकवानपुरको कैलाश गाउँपालिका–५ का ७० वर्षीया वृद्धा धनलक्ष्मी गुरुङको साथमा रहेको हिरा खरिद गर्ने बहानामा हेर्न मागेको र पेस्तोल देखाएर लुटपाट गरी भागेको उनीहरुलाई आरोप लागेको छ। प्रहरीले आफूलाई पत्रकार बताउने ललितपुर महानगरपालिका भैँसेपाटीका १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर–१२ का २६ वर्षीय का प्रहरी सहायक निरीक्षक सुरेन्द्र बसेल, जाजरकोट शिवालय–२ का २७ वर्षीय प्रहरी जवान वीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ का २८ वर्षीय प्रहरी जवान हिमकान्त पुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

लुटपाटको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।  

प्रहरीले उनीहरूको साथबाट ६१.३० क्यारेटको बहुमूल्य पत्थर हिरा १२.२६० ग्राम एक थान, गोलीलोड भएको म्याग्जिनसहितको चाइनिज पेस्तोल एक थान, विभिन्न कम्पनीका वाकीटकी सेट चार थान, क्यामरा एक थान, मेटल डिटेक्टर दुई थान, मोबाइल ६ थान, ल्यापटप एक थान, वन्यजन्तुको सिङजस्तो देखिने वस्तु एक थान र लुटपाट गरी भाग्न प्रयोग गरिएको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नंको कार बरामद गरेको छ।

प्रकाशित मिति: १६:०० बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्