Kathmandu Press

३ बजेलाई बाेलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टा पछाडि धकेलियाे

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार  मुख्यमन्त्रीको आग्रहमा बैठक ५ बजेसम्म सारिएको हाे।
३ बजेलाई बाेलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक दुई घण्टा पछाडि धकेलियाे

धनगढी, चैत २२ : विश्वासको मत लिने प्रयोजनका लागि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक दुई घण्टा पछाडि धकेलिएको छ।

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार  मुख्यमन्त्रीको आग्रहमा बैठक ५ बजेसम्म सारिएको हाे।

सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) को आन्तरिक विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ। नाउपाका सबै सात सांसदले मत दिए मात्र मुख्मन्त्री साहले विश्वासकाे मत पाउँछन्।  

नाउपाका सात सांसदमध्ये कैलाश चौधरी र टीका थापा काठमाडौंमा छन्। उनीहरू  नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठनिकट मानिन्छन्। स्वतन्त्र सांसद डा. तारा जोशी पनि काठमाडौंमा छन्। काठमाडाैंमा रहेका सांसदलालाई बाेलाउने प्रयासमा  मुख्यमन्त्री शाह रहेकाे बताइएकाे छ।

प्रकाशित मिति: १५:४७ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्