Kathmandu Press

बाइडेन र नेतान्याहुबीच गाजा युद्धका विषयमा टेलिफोन वार्ता

अमेरिकी मानवीय सहायता एजेन्सी वल्र्ड सेन्ट्रल किचनमा आबद्ध सात जना सहायताकर्मीहरु मारिएपछि राष्ट्रपति बाइडेनले यसअघि नै क्षोभ व्यक्त गरेका थिए।
बाइडेन र नेतान्याहुबीच गाजा युद्धका विषयमा टेलिफोन वार्ता
Hardik ivfHardik ivf

गाजा पट्टि, चैत २२  : अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच यसै साता गाजामा सात जना विदेशी सहायताकर्मी मारिएको घटनालाई लिएर बिहीबार टेलिफोन वार्ता हुने भएको छ। 

अमेरिकी मानवीय सहायता एजेन्सी वल्र्ड सेन्ट्रल किचनमा आबद्ध सात जना सहायताकर्मीहरु मारिएपछि राष्ट्रपति बाइडेनले यसअघि नै क्षोभ व्यक्त गरेका थिए। गाजामा भोकमरीको स्थिति उत्पन्न भएको जनाउँदै इजरायली समन्वयमै वल्र्ड किचेनले समुद्री मार्गबाट भित्र्याएको सहायता सामग्री गाजामा वितरण गर्न थालेको थियो। 

एक जना अमेरिकी अधिकारीले बाइडेन र नेतान्याहुबीच बिहीबार टेलिफोन वार्ता हुन लागेको पुष्टि गरेका छन्। इजरायली हवाई हमलाबाट गाजामा मानवीय सहायताकर्मी चढेको सवारी साधनमा क्षति पुगेको थियो। यस आक्रमणबाट एक जना अमेरिकी–क्यानाडेली नागरिक, तीन जना बेलायती, पोल्यान्ड, अस्ट्रेलिया र प्यालेस्टाइनका एक एक जनाको ज्यान गएको थियो। 

हमास विरुद्धको युद्धमा इजरायलले गरिरहेको पछिल्लो बमबारीबाट ३२ हजारभन्दा बढी सर्वसाधारण प्यालेस्टिनीको ज्यान गइसकेको छ। मारिनेहरुमा अधिकांश बालबालिका र महिला रहेका छन्।इजरायललाई समर्थन गरिरहेका अमेरिका समेतका पश्चिमा राष्ट्रहरु इजरायलले पछिल्लो पटक मानवीय सहायताकर्मीलाई लक्षित गरि आक्रमण गरेपछि चिन्तित बनेका छन्। अमेरिकी राष्ट्रपति बाइडेन समेतले इजरायली नेतृत्वमाथि तिब्र रोश प्रकट गरेका छन्।

इजरायलले सहायताकर्मीमाथि भएको आक्रमणको जिम्मा लिएको छ। तर इजरायलले उक्त घटना जानाजान नभएको दाबी गरेको छ। प्रधानमन्त्री नेतान्याहु, इजरायली सेना प्रमुख समेतले उक्त घटनाको छानबिन भइरहेको बताएका छन्। राष्ट्रसंघका अनुसार, विगत छ महिनाको अवधिमा गाजामा सहायता वितरणमा सक्रिय कम्तीमा एकसय ९६ जना सहायताकर्मीको इजरायली आक्रमणमा ज्यान गइसकेको छ। 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन कर्बीले सहायताकर्मीको मृत्युले गाजामा परिस्थिति निकै जटिल रहेको अनुभव भएको बताउनुभएको छ।  गाजामा पछिल्लो २४ घण्टामा भएका इजरायली आक्रमणबाट कम्तीमा ६१ जना प्यालेस्टिनीको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

गत अक्टोबर ७ का दिन हमासले इजरायली भूभागमा आक्रमण गरी एक हजार १७० जना इजरायलीको ज्यान लिएसँगै इजरायल–हमास युद्ध सुरु भएको थियो। प्यालेस्टिनी लडाकू समूह हमासले २५० जनालाई बन्धक बनाए पनि केही मुक्त भएका छन्। हमास विरुद्धको इजरायली प्रत्याक्रमणबाट हालसम्म ३२ हजार ९७५ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: १५:२० बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्