Kathmandu Press

खुकुरी प्रहार गरी पत्नीको हत्या

चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।
खुकुरी प्रहार गरी पत्नीको हत्या

झापा, चैत २२ : बाह्रदशी गाउँपालिका–१ का ३३ वर्षीय देवनारायण राजवंशीले खुकुरी प्रहार गरी पत्नीको हत्या गरेका छन्।

चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका उनले श्रीमती ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।

पत्नीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको उपरीक्षक केसीले जानकारी दिए। प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ। ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन्।

प्रकाशित मिति: १२:४१ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्