Kathmandu Press

नेपाल टेलिकमले सुरु गर्‍यो आलाकार्टा प्रणाली

अब ग्राहकले बेसिक प्याकेज, प्रिमियम प्याकेज या आवश्यकताअनुसार बुकेट प्याकेजमा थप गरी प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ। बेसिक प्याकेज लिएका ग्राहकले आफ्नो आवश्यकताअनुसार बुकेट प्याकेज खरिद गर्न सक्नेछन्।
नेपाल टेलिकमले सुरु गर्‍यो आलाकार्टा प्रणाली

काठमाडाैं, चैत २२ : नेपाल टेलिकमले आलाकार्टा प्रणाली सुरु गरेको छ। कम्पनीले सञ्चालन गरेको आइपी टिभी (एनटी टिभी)मा ग्राहकले आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न मिल्ने गरी यो प्रणाली लागू गरेको जनाएको छ।

अब ग्राहकले बेसिक प्याकेज, प्रिमियम प्याकेज या आवश्यकताअनुसार बुकेट प्याकेजमा थप गरी प्याकेज खरिद गर्न सकिने कम्पनीले जनाएको छ। बेसिक प्याकेज लिएका ग्राहकले आफ्नो आवश्यकताअनुसार बुकेट प्याकेज खरिद गर्न सक्नेछन्।

Hardik ivf

आलाकार्टा प्रणालीअन्तर्गत ग्राहकले मासिक स्टार बुटेक प्याकेजको ६५ रुपैयाँ र ६ महिनाको एक सय ९५ रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, मासिक प्याकेजमा न्यूनतम दुई रुपैयाँ र अधिकतम एक सय ७५ रुपैयाँ पर्नेछ । त्यस्तै, ६ महिने प्याकेजमा न्यूनतम ६ रुपैयाँ र अधिकतम पाँच सय २५ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

सुरुको तीन महिनाभित्र सबै प्रिमियम प्याकेजसहित वार्षिक प्याकेज लिँदा प्रतिमहिना तीन सय ६० रुपैयाँका दरले तिर्दा हुनेछ। वार्षिक प्याकेज लिँदा ५० एमबिपिएसको १२ हजार रुपैयाँ, १०० एमबिपिएसको १४ हजार नौ सय ९९ रुपैयाँ, १५० एमबिपिएसको १६ हजार चार सय ९९ रुपैयाँ र २०० एमबिपिएसबराबरको १९ हजार नौ सय ९९ रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ। 

प्रकाशित मिति: १२:२४ बजे, बिहीबार, चैत २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्