Kathmandu Press

कोरोना राहत कोषमा राष्ट्रियसभा अध्यक्षले एक महिनाको तलब दिने

काठमाडौं, चैत १० : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपल....

कोरोना राहत कोषमा राष्ट्रियसभा अध्यक्षले एक महिनाको तलब दिने

काठमाडौं, चैत १० : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउने भएका छन्। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो कोष स्थापनाको निर्णय गरेको थियो। सो कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गर्दै उनले संघीय संसद सचिवालयको आर्थिक शाखालाई पत्रमार्फत आफ्नो एक महिनाको तलब कोषमा जम्मा गरिदिन निर्देशन समेत दिएका छन्।

अध्यक्ष तिमिल्सिनाले सरकारको कोष बनाउने निर्णयलाई स्वागत गर्दै विश्वमा देखिएको सन्त्रासमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेका छन्। उनले सरकारले कोरोनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्