कोरोनाविरूद्धको कोषमा प्रधानमन्त्रीको सचिवालयका सदस्यले एक महिनाको तलब दिने
काठमाडौं, चैत १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पार....

काठमाडौं, चैत १० : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सदस्यले ‘कोरोना भाइरसको सङ्क्रमणविरूद्ध विशेष कोष’ मा एक महिनाको पारिश्रमिक दिने भएका छन्।
कोषलाई सहयोग गर्नका लागि सचिवालयमा रहेका सबैले एक महिनाको तलब दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। उनका अनुसार सचिवालयमा रहेका ६ जनाले एक महिना र तीन जनाले आधा महिनाको पारिश्रमिक बराबर रकम दिने दिनेछन्।
मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, प्रेस सल्लाहकार थापा, आर्थिक विकास मामिला सल्लाहकार लालशङ्कर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले कोषमा एक महिनाको तलब दिनेछन्।
यसैगरी, सचिवालयमा रहेका विकास पूर्वाधारविज्ञ गजेन्द्र थपलिया, सञ्चारविज्ञ रामशरण बजगाईं र स्वकीय सहसचिव होमबहादुर थापाले आधा महिनाको तलब दिनेछन्। रासस









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

