Kathmandu Press

सुनको मूल्यमा नयाँ रेकर्ड

मंगलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको हो।
सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, चैत २१ : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आजको बढोत्तरीपछि नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ३१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक हजार आठ सयले बढेर एक लाख ३३ हजार रुपैयाँ तय भएको हो।

यस्तै, तेजावी सुन तोलमा मंगलबार प्रतितोला एक लाख ३० हजार पाँच सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३२ हजार तीन सय ५० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य पनि उकालो लागेको छ। मंगलबार प्रतितोला एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने ६५ले बढेर एक हजार छ सय १० रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ।

प्रकाशित मिति: १३:१२ बजे, बुधबार, चैत २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्