Kathmandu Press

निजी सवारीबाट लामाे यात्रा गर्न सकिने

काठमाडौं, चैत १० : सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ। कोभिड–१९ संक्रमणको जो....

निजी सवारीबाट लामाे यात्रा गर्न सकिने

काठमाडौं, चैत १० : सरकारले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ। कोभिड–१९ संक्रमणको जोखिम बढेसँगै सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो। हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ।

काठमाडौं उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिर जान नपाउने र बाहिरबाट पनि उपत्यका प्रवेश गर्न नपाउने यातायात व्यवस्था विभागले जनाएको छ। काठमाडौं उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक सवारी साधन एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए। उनले भने, 'सार्वजनिक सवारी साधन एउटै जिल्लाभित्र मात्रै चलाउन पाइने छ।'

सरकारले यसअघि नै सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि बन्द गरिसकेको छ। विभागले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउन र यात्रुले पनि यात्रा गर्न नपाउने नियम लागू गरेको छ। 

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, चैत १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्