ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, जापानमा सुनामीको चेतावनी
हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
ताइपेइ, चैत २१ : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ।
हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। सेना उद्धारमा खटिएको छ।
ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ। सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्ने अपेक्षा सम्भावना भएकाले स्थानीयहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न भनेको छ
जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ।
यो ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् १९९९ मा, ७.७ म्याग्निच्युडको भूकम्प गएकाे थियाे।
प्रकाशित मिति: १२:३९ बजे, बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












