Kathmandu Press

गर्मीका कारण फिलिपिन्सका दर्जनौं विद्यालय बन्द

महानगरमा मङ्गलबार ४२ डिग्री सेल्सियस  र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ। मङ्गलबार मनिलाको उच्चतम तापमान ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो। 
गर्मीका कारण फिलिपिन्सका दर्जनौं विद्यालय बन्द

मनिला, चैत २० : फिलिपिन्सको राजधानी मनिलाका दर्जनौं विद्यालयहरूमा मङ्गलबार अत्यधिक गर्मीका कारण पठनपाठन बन्द गरिएको त्यहाँका शिक्षा अधिकारीले जानकारी दिएका छन्। 

महानगरमा मङ्गलबार ४२ डिग्री सेल्सियस  र बुधबार ४३ डिग्री सेल्सियसको स्तर पुग्ने अपेक्षा गरिएको राज्यको मौसम पूर्वानुमान कार्यालयले जनाएको छ। मङ्गलबार मनिलाको उच्चतम तापमान ३४ डिग्री सेल्सियस रहने अनुमान गरिएको थियो। 

Hardik ivf

स्थानीय अधिकारीहरूले सहरको सबैभन्दा बढी जनसङ्ख्या भएको क्विजोनका प्राथमिक र माध्यमिक विद्यालयहरूलाई बन्द गर्न आदेश दिएको र  अन्य क्षेत्रका विद्यालयहरूलाई दूर शिक्षामा सार्ने विकल्प दिएको बताएका छन्। 

केही विद्यालयहरूले दिनको सबैभन्दा तातोबाट बच्न कक्षाको समय छोटो पारेका थिए। मौसम पूर्वानुमान विभागले ४२–५१ डिग्री सेल्सियस तापक्रमले  फिलिपिनीहरूमा शरीरमा मान्सपेशीहरु दुख्ने समस्या हुने र यो समस्या ४२–५१ डिग्री सेल्सियसको तापक्रमबाट सुरू हुने जानकारी दिनुभयो।

प्रकाशित मिति: १६:४६ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्