Kathmandu Press

नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण 

बैंकले मंगलबार आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिबारे प्रक्षेपण गरेको हो।
नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण 

काठमाडौं, चैत २० : विश्व बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 

बैंकले मंगलबार आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिबारे प्रक्षेपण गरेको हो।

विश्व बैंकले पर्यटन सेवा, औद्योगिक क्षेत्रको योगदान, ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण गरिएको हो।

आर्थिक परिदृश्य सार्वजनिक गर्नेक्रममा मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल  वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेको धारणा राखे। 

निर्देशक जर्भोसले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका निम्ति आधार तयार गर्न आवश्यक भएको पनि बताए।

आर्थिक परिदृश्य सार्वजनिक गर्दै उनले नेपालले आर्थिक विकासका निम्ति गरेको सुधार सराहनीय रहेको भन्दै तीन तहकै सरकार मिलेर निजी लगानी प्रवद्र्धनमा सघाउनुपने सुझाव समेत दिए। 
 

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, चैत २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्