तरुण दलको आग्रह : घरमै बसेर केही समयलाई सामाजिक दुरी कायम गरौं
काठमाडौं, चैत १० : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले घरमै बसेर केही समयलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ। सोमबार विज्ञप्ती जारी गर्....

काठमाडौं, चैत १० : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले घरमै बसेर केही समयलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ। सोमबार विज्ञप्ती जारी गर्दै तरुण दलले कोरोना भाइसरको सामना गर्नु परिरहेको अवस्थामा नागरिक र सरकारले आ–आफनो क्षेत्रबाट जिम्मेवारपूर्ण ढंगले प्रस्तुत भइ संक्रमण हुनबाट जोगिन आग्रह गरेको छ।
‘अति आवश्यक कार्य बाहेक अन्य कार्यमा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दुरी कायम गरिदिनुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तीमा भनिएको छ।
नेपाल बाहिर गएका सम्पूर्ण नागरिकलाई केही समयका लागि सुरक्षित तरिकाले सोही ठाउँमा बसिदिन तरुण दलले आग्रह गरेको छ। यस्तै अपवाह फैलिने खालका समाचार भन्दा सचेत र सुरक्षित हुने खालका समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
यस्तै मास्क, औषधी, सेनिटाइजर, खाद्यान्न ग्यास लगायत अन्य दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव र कालोबजारी देखिन थालेकोले यसरी कृत्रिम अभाव र कालोबजारी गर्नेहरु पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न तरुण दलले माग गरेको छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

