आगामी तीन दिनको मौसम पूर्वानुमान : आंशिक बदलीसहित वर्षाको सम्भावना
काठमाडौं, चैत १० : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक व....

काठमाडौं, चैत १० : पश्चिमी वायु र स्थानीय वायुको प्रभावले सोमबार देशभर आंशिकदेखि सामान्य बदली भई अपराह्नबाट उपत्यकासहित देशको धेरैजसो स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रिमनसुनसँगै स्थानीय वायु सक्रिय भएकाले अपराह्नपछि बदली भई वर्षा भएको वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताए। उनका अनुसार प्रिमनसुनको समय भएकाले पहाडी भू–भागको मौसम अपराह्नपछि परिवर्तन भइरहन्छ। प्रिमनसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने मौसमविद्को भनाइ छ। मार्चदेखि शुरु हुने प्रि मनसुन मेसम्म चल्छ।
मंगलबार पनि देशको पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिम पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाइएको छ।
आज काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलव चार डिग्री र अधिकतम तापक्रम २४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

