Kathmandu Press

पाकिस्तानमा वर्षाका कारण १० जनाको मृत्यु

पिडिएमएका प्रवक्ता अनवर शहजादले हताहतको पुष्टि गर्दै मृत्यु हुनेमा आठ जना बालबालिका तथा दुईजना महिला रहेको जनाउनु भएको छ। यसैगरी घाइते हुनेहरु मध्ये नौ बालबालिका, दुई महिला र एक पुरुष रहेको उनले उल्लेख गरेका छन्।
पाकिस्तानमा वर्षाका कारण १० जनाको मृत्यु
Hardik ivfHardik ivf

खैबर पख्तुनख्वा, चैत १९ : पाकिस्तानमा लगातार दुई दिनसम्म परेको वर्षका कारण खैबर पख्तुनख्वा प्रान्तमा दश जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ।

पिडिएमएका प्रवक्ता अनवर शहजादले हताहतको पुष्टि गर्दै मृत्यु हुनेमा आठ जना बालबालिका तथा दुईजना महिला रहेको जनाएका छन्। यसैगरी घाइते हुनेहरु मध्ये नौ बालबालिका, दुई महिला र एक पुरुष रहेको उनले उल्लेख गरेका छन्।  

प्राप्त रिपोर्ट अनुसार वर्षा र असिनाका कारण भएका दुर्घटनामा २७ वटा घर क्षतिग्रस्त भएको प्रवक्तालाई उद्धृत गर्दै द नेशन अखबारले जनाएको छ। द नेशनका अनुसार प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको छ। पिडिएमएले जारी गरेको रिपोर्टमा सांगला, बन्नु, बाजौर, पेशावर, नौशेरा र मानसेहरामा विभिन्न संरचना तथा घरहरु क्षतिग्रस्त भएका छन्।

द नेशनका अनुसार, यस घटनामा तीनवटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यसैगरी मोहमण्ड, मर्दान, उत्तरी बजिरिस्तान लगायतका क्षेत्रमा २४ वटा घर आंशिक रूपमा क्षतिग्रस्त भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सञ्चार माध्यामसँग कुरा गर्दै हरबन तहसिलका अध्यक्ष असदुल्ला कुरैसीले वर्षाका कारण आएको बाढीले निम्त्याएको दुर्घटनामा १९ वटा पशु चौपाया मर्नुका साथै १५ वटा गोठ बगाएको बताए। 

असिना र भारी वर्षाले विभिन्न क्षेत्रहरूलाई असर गर्नुका साथै माथिल्लो कोहिस्तानको हरबन इलाकामा गाईवस्तु बाढीको सिकार भएका छन् भने धेरै घरहरूमा क्षति पुर्याएको छ।

प्रकाशित मिति: १४:२७ बजे, सोमबार, चैत १९, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्