Kathmandu Press

नक्कली बिल र स्टिकरविरुद्ध एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्,’ निर्देशन दिँदै उनले भने, ‘झुटा तथा नक्कली बिलबिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्।’
नक्कली बिल र स्टिकरविरुद्ध एक्सन लिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ : प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे अनुगमन गरी आवश्यक कारबारही गर्न निर्देशन दिएका छन्।

सिंहदरबारमा आइतबार आयोजित राजस्व बृद्वि तथा चुहावट नियन्त्रण सम्बन्धी बैठकमा उनले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूलाई गम्भीर अनुगमन गरि एक्सन लिन निर्देशन दिएका हुन्।

Hardik ivf

‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस्,’ निर्देशन दिँदै उनले भने, ‘झुटा तथा नक्कली बिलबिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ। त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस्।’

नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन उनले निर्देशन दिए। मुलुकमा समृद्धिको बाधकका रुपमा रहेको भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक हटाएर जनतामा पैदा गरिएको निराशालाई चिनुपर्ने उनले बताए।

सरकारले नयाँ गतिका साथ काम गर्ने अठोट लिएको बताउँदै उनले मुलुकको समृद्विको बाधकका रूपमा रहेका भ्रष्टाचार, तस्करी र राजस्व छलीलाई निर्ममतापूर्वक रोकनु पर्ने बताए।

‘जनतामा पैदा गरिएको निराशालाई चिर्नु पर्दछ । यसका लागि बिगतका परम्परागत प्रशासनिक कार्यशैली, व्यवहार र चिन्तनबाट सम्भव छैन । नयाँ सोचसहित अगाडि बढौं,’ प्रधानमन्त्री दाहालले भने।

प्रकाशित मिति: १८:४३ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्