Kathmandu Press

स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिंक उपग्रह प्रक्षेपण गरेको जनाएको छ।
स्पेस–एक्सद्वारा २३ वटा भूउपग्रह प्रक्षेपण

लस एन्जलस, चैत १८ : अमेरिकाको निजी क्षेत्रको स्पेस–एक्स कम्पनीले शनिबार २३ वटाभन्दा बढी स्टारलिङ्क भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।

स्पेस–एक्सका अनुसार, अमेरिकाको फ्लोरिडास्थित केप कानाभारल स्पेस फोर्स स्टेसनबाट उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो। कम्पनीले फाल्कन ९ नामक रकेट मार्फत् २३ वटा स्टारलिङ्क उपग्रह प्रक्षेपण गरेको जनाएको छ। 

स्टारलिङ्क भूउपग्रहहरुले पृथ्वीका दुर्गम क्षेत्र र इन्टरनेटको पहुँच कमजोर भएका क्षेत्रहरुमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको भनाइ छ। 

प्रकाशित मिति: १७:३३ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्