Kathmandu Press

यातायात व्यवयायीको प्रश्न : गरिब र धनी जनताबीच विभेद गर्ने ?

काठमाडौं, चैत्र ९ : यातायात व्यावसायीले लामो दुरीको बस सञ्चालन गर्न सरकारसँग तीन दिनको थप समय माग गरेका छन्। आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री....

यातायात व्यवयायीको प्रश्न : गरिब र धनी जनताबीच विभेद गर्ने ?

काठमाडौं, चैत्र ९ : यातायात व्यावसायीले लामो दुरीको बस सञ्चालन गर्न सरकारसँग तीन दिनको थप समय माग गरेका छन्। आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले समयावधि बढाउन माग गरेका हुन। उनीहरुले गरिब जनताले यात्रा गर्ने सवारी बन्द गरी धनी मात्रै यात्रा गर्न सक्ने हवाइ सेवा खुला गरेकोप्रति रोस प्रकट गरेका थिए। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले ८२ जना बोक्ने विमान चलाउँदा कोरोनाको जोखिम नहुने, तर ३५ जना यात्रु बोक्ने सार्वजनिक यातायातलाई चाहिँ बन्द गर्ने भन्दै प्रश्न गरे। यातायात व्यावसायीका प्रतिनिधिहरुले मन्त्री नेम्वाङलाई धनी र गरिब जनताबीच भेदभाव नगर्न चेतावनी दिए।

कोरोना भाइरसको त्रासका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने मानिसको संख्या बढेको छ। सरकारले भने भोलिदेखि (सोमबार) आगामी २१ चैतसम्म लामो दूरीका सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ भने विमान सञ्चालनमा रोक लगाएको छैन।

प्रकाशित मिति: १९:२५ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्