Kathmandu Press

अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा ‘तीन तारा तीनतिर’ [भिडियाे]

आन्दन अधिकारीले लेखेको गीतमा गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले संगीत भरेका छन्। गीतलाई महाराज थापाले एरेन्ज गरेका छन्।
अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा ‘तीन तारा तीनतिर’ [भिडियाे]

काठमाडौं, चैत १७ : चर्चित गायिका अस्मिता अधिकारी र रोम नामजालीको स्वर रहेको गीत ‘तीन तारा तीनतिर’ सार्वजनिक भएको छ। गीत युट्युब च्यालन रोलेक्स इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो।

आन्दन अधिकारीले लेखेको गीतमा गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले संगीत भरेका छन्। गीतलाई महाराज थापाले एरेन्ज गरेका छन्।

Hardik ivf

दुई दकशक नेपाली संगीत क्षेत्रमा क्रियाशील भुनव अहिले भने अमेरिकामा बसोबास गर्छन्।

गायक रोम पनि अमेरिकामै बसोबास गर्छन्। गीतमा रोमको स्वर अमेरिकामै र अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको संगीतकार भुवनले बताए।

गीतको भिडियो निकेश खड्काले निर्देशनमा तयार गरिएको छ। भिडियोमा चर्चित कलाकार बुद्धी तामाङ र रजनी गुरुङ फिचर्ड छन्। उत्तम हुमागाईंले खिचेको भिडियोलाई राजकिङ वाइवाले कोरियोग्राफी गरेका छन्।

हेर्नुस भिडियाे

प्रकाशित मिति: १९:१० बजे, शनिबार, चैत १७, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्