Kathmandu Press

‘अर्थतन्त्रमा देखिएको समस्या समाधन गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ’

अध्यक्ष ढकालले बैंकको लगानी योग्य फण्ड रहेको अवस्थामा आम जनतामा आत्मविश्सा बढ्न नसकेको जिकिर गरे।
‘अर्थतन्त्रमा देखिएको समस्या समाधन गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्छ’

काठमाडौं, चैत १७ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मुलुकको आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्ने बताएका हुन्।

Hardik ivf

महासंघले अर्थतन्त्रलाई समस्याबाट बाहिर ल्याउनको लागि प्रयत्न गरिरहेको भन्दै सरकारलाई आवश्यक सुझाव दिइरहेको उनले उल्लेख गरे। अध्यक्ष ढकालले बैंकको लगानी योग्य फण्ड रहेको अवस्थामा आम जनतामा आत्मविश्सा बढ्न नसकेको जिकिर गरे।

विकास आयोजनाहरुको खर्च भएको भुक्तानी नपाएको भन्दै यस्ता समस्याहरुलाई समाधान गनुपर्ने बताए।

 

प्रकाशित मिति: १७:३५ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्