बजेटका लागि अर्थ मन्त्रालयमा मस्यौदा लेखन समिति गठन
मन्त्री पुनले शुक्रबार अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन्।काठमाडौं, चैत १६ : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ बजेटका लागि मस्यौदा लेखन समिति गठन गरेका छन्।
मन्त्री पुनले शुक्रबार अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन्।
मस्यौदा लेखन समितिमा सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन्। समितिमा रहेका शाक्य, आचार्यद्वय र अर्याल अर्थ मन्त्रालयमा कार्यरत हुन् भने शर्मा आन्तरिक राजश्व कार्यालयमा उपमहानिर्देशक छन्।
प्रकाशित मिति: १८:१७ बजे, शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकैदिन झण्डै १६ हजार घट्यो सुनको मूल्यसोमबार, मंसिर १०, २०८१
जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदातासोमबार, मंसिर १०, २०८१
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१