Kathmandu Press

गृहमन्त्री थापा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, चैत ९ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्।....

गृहमन्त्री थापा र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं, चैत ९ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्।

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो। नेपालमा भारतीय राजदूत रुपमा कार्यभार सम्हालेकोमा राजदुत क्वात्रालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै गृहमन्त्री थापाले उनको कार्यकालमा दुई देशको सम्बन्धले थप उचाई लिने विश्वाँस व्यक्त गरे।

गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रका साथै सुरक्षा निकायको तालिम र भौतिक सामाग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत क्वात्रार्फत भारत सरकारलाई धन्यवाद दिए। आगामी दिनमा पनि त्यसले निरन्तरा पाउने उनको विश्वास थियो।

यसैबीच नेपाल–भारत सिमाबाट महामारी नफैलियोस भनेर सिमा नियन्त्रणमा दुवै देशको समझदारी र सहकार्यका लागि गृहमन्त्री थापाले राजदुत क्वात्रासँग आग्रह गरे। राजदुत क्वात्राले नेपाल–भारत सम्बन्धको ऐतिहाँसिक सम्बन्धको चर्चा गर्दै आफ्नो कार्यकालमा यसलाई थप मजबुत बनाउन सक्दो भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे।

उनले कोरोना भाइरसविरुद्धको लडाईमा नेपाललाई आवश्यक सबै सहयोग गर्न भारत तयार रहेको बताए। कोरोना भाइरसको क्रासपछिको अवस्थामा नेपाल–भारत सिमा व्यवस्थापनको सम्बन्धमा दुई देशका परराष्ट्रमन्त्रीबीच पनि छलफल भएको तथा नेपालको गृह मन्त्रालयको समेत राय लिएर निर्णय गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्