Kathmandu Press

चीनमा शिक्षालाई बढावा दिन आर्टिफिसियल इन्टेलिजेन्स अभियान

यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा 'एआई लर्निङ'लाई एउटा स्तम्भका रुपमा अघि बढाइएको छ।
चीनमा शिक्षालाई बढावा दिन आर्टिफिसियल इन्टेलिजेन्स अभियान

बेइजिङ,  चैत १६ : चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौद्धिकता (एआई) अभियान सुरु गरेको छ। 

यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा 'एआई लर्निङ'लाई एउटा स्तम्भका रुपमा अघि बढाइएको छ। विशेषज्ञहरूले एआई प्रविधिबारे छलफल गर्ने, सिकाउने, र चिनियाँ दृष्टिकोणलाई योगदान दिन डिजिटल शिक्षाको विकासका लागि अन्तर्राष्ट्रिय प्लेटफर्म निर्माण गर्नेछन्। 

अभियानको उद्देश्य एआई मार्फत शिक्षण र सिकाइको एकीकृत प्रयोगलाई प्रबद्र्धन गर्ने, जनताको डिजिटल शिक्षा साक्षरता र सीपहरू सुधार गरी एआई प्रयोगको वैज्ञानिक मानकीकरण गर्ने रहेको छ।

एआई सम्बन्धी उक्त कार्यक्रम हाल चीनका ग्वान्झाओ, हैनान, सिझाङ लगायतका विभिन्न शहरका विद्यालयहरुमा नमूना कार्यक्रमका रुपमा सञ्चालन गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १५:३९ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्