Kathmandu Press

काठमाडौंका १६ स्थानमा साबुन र पानी

काठमाडौं, चैत ९ : कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनका लागि काठमाडौंका विभिन्न स्थानमा साबुन र पानी राखिएको छ। माछापुच्छ्रे बैंक र महानगरीय प्रहर....

काठमाडौंका १६ स्थानमा साबुन र पानी

काठमाडौं, चैत ९ : कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनका लागि काठमाडौंका विभिन्न स्थानमा साबुन र पानी राखिएको छ। माछापुच्छ्रे बैंक र महानगरीय प्रहरी कार्यालयको संयुक्त पहलमा साबुन र पानीको व्यवस्था  गरिएको हो।

कोरोना भाइरसको सक्रमणबाट सतर्क रहन साबुन र पानीले हात धुन अनुरोध गर्दै काठमाणडौं र भक्तपुरका १६ स्थानमा साबुन, पानी र स्यानिटाइजर राखिएको जनाएको छ।

आइतबार बिहान बानेश्वर चोकमा व्यवस्था गरिएको हातधुने ठाउँको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेल र माछापुच्छ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।   

माछापुच्छ्रे बैंकले आइतबारदेखि काठमाडौंका धेरै भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा पाँच हजार लिटरको पानी ट्यांकी तथा साबुन र स्यानिटाइरको व्यवस्था गरेको हो।

अत्यावश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले काठमाडौं र भक्तपुरका भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको जनाएको छ।

यसको संक्रमणबाट बच्न साबुन र पानीले हात धुनुपर्ने चिकित्सकहरूले सुझाउँदै आएका छन्।

 

प्रकाशित मिति: १४:०१ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्