सुनको भाउमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार पुग्यो
लगातार बढिरहेको सुन आज प्रतितोला २ हजार १ सय बढेर एक लाख ३० हजार रुपैयाँ पुगेको छ।काठमाडौं, चैत १६ : निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ कीर्तिमान बनाएको छ। लगातार बढिरहेको सुन आज प्रतितोला २ हजार १ सय बढेर एक लाख ३० हजार रुपैयाँ पुगेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय २५ रूपैयाँ पुगेको महासंघले जनाएको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार पाँच सय १० रूपैयाँमा कारोबार भएको थियाे।
प्रकाशित मिति: ११:४० बजे, शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एकैदिन झण्डै १६ हजार घट्यो सुनको मूल्यसोमबार, मंसिर १०, २०८१
जिल्लामै बढी आयकर दाखिला गर्दै 'द क्लिफ' बन्यो उत्कृष्ट करदातासोमबार, मंसिर १०, २०८१
ग्लोबल आइएमईका ग्राहकलाई समाज डेन्टलमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधाआइतबार, मंसिर ९, २०८१
सुनको मूल्य वृद्धि, तोलाको एक लाख ६७ हजार नाघ्यो आइतबार, मंसिर ९, २०८१