Kathmandu Press

पृथ्वीराजमार्गमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते

तनहुँ, चैत ९ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेम....

पृथ्वीराजमार्गमा बस दुर्घटना, एकको मृत्यु, १८ घाइते
Hardik ivf

तनहुँ, चैत ९ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

मुग्लिङदेखि पोखरातर्फ आउँदै गरेको ग१ख ४९०० नं को बस सडकमा पल्टिँदा च्यापिएर ठकुरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 'अगाडिको सिटमा बसेकी युवती झ्यालको शिशा फुटेर बसबाट खसेको र सोही बसले च्यापिएर मृत्यु भएको रहेछ', उनले भने।

दुर्घटनामा बसमा सवार १८ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि पोखरा र एक जनालाई काठमाडौं पठाइएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:२५ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्