Kathmandu Press

निर्धक्क परीक्षा दिन कांग्रेसको शिक्षा शाखाको आग्रह

शाखा प्रमुख एवं जिल्ला सदस्य दिपेन्द्र पौडेलले बुधबार विज्ञप्ति मार्फत विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्।
निर्धक्क परीक्षा दिन कांग्रेसको शिक्षा शाखाको आग्रह

काभ्रे, चैत १५ : नेपाली कांग्रेस काभ्रेको शिक्षा शाखाले बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षामा सहभागी विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेको छ।

शाखा प्रमुख एवं जिल्ला सदस्य दिपेन्द्र पौडेलले बुधबार विज्ञप्ति मार्फत विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामनासमेत गरेका छन्।

उनले विज्ञप्तिमार्फत अनुगमन र अवलोकनको नाममा परिक्षार्थीहरुलाई अनावश्यक रुपमा असहज हुने मानसिक तनाव दिने तवरबाट परिक्षा केन्द्रमा प्रवेश गर्ने कार्य नगरिदिनुहुन सम्बन्धित सबैमा गम्भिर ध्यानाकर्षण पनि गराएका छन्।

‘परीक्षा केन्द्रमा खटिनुहुने सम्पूर्ण शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरुले परीक्षा मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन आ–आफ्नो भुमिका निर्वाह गर्नुहुनेछ भन्ने पुर्ण विश्वास लिएको छु,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: १९:५६ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्