ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
लहान, चैत ९ : सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट आइतबर बिहान एक बालकको मृत्यु भएको छ। उत्तर....

लहान, चैत ९ : सिरहाको लहान नगरपालिका–१५ मोहनपुरस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट आइतबर बिहान एक बालकको मृत्यु भएको छ। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको स १ त ५३०० नम्बरको ट्याक्टरको ठक्करबाट सिरहाको सुखिपुर घर भई लहान नगरपालिका–१५ मोहनपुरस्थित मामा घर बस्दै आएका सात वर्षीय स्वागत महत्तोको मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४८ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












