Kathmandu Press

‘जून ओर्लेको रात’ लिएर आए सञ्जीव

साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन्।
‘जून ओर्लेको रात’ लिएर आए सञ्जीव

पोखरा, चैत १२ (नागरिक)- कवि सञ्जीव पौडेलको कवितासङ्ग्रह ‘जून ओर्लेको रात’ बजारमा आएको छ। शनिबार पोखरामा आयोजित दौँतरी कार्यक्रममा उक्त कृति सार्वजनिक गरियो।

साहित्यकार सरूभक्त, तीर्थ श्रेष्ठ, लोकगायिका हरिदेवी कोइराला, प्रकाशक विनयभूषण दत्त र पौडेलका पिता लक्ष्मण पौडेलले संयुक्त रूपमा उक्त कृति सार्वजनिक गरेका हुन्।

Hardik ivf

प्रकृति, संस्कृति, राजनीतिक एवम् सामाजिक विसङ्गतिलगायत मानवीय संवेदनाका विविध विषयमा लेखिएका ५७ ओटा कविता सो सङ्ग्रहमा समावेश गरिएका छन्। 

jun-jhareko-rat-1711618420.jpg

पोखरामा रहेर विगत दुई दशकभन्दा बढी समयदेखि निरन्तर साहित्य क्षेत्रमा क्रियाशील पौडेल पेसाले शिक्षक हुन्। कविता, गीत, गजल, मुक्तक, निबन्ध, कथालगायतका साहित्यिक प्रभेदमा सिर्जनात्मक कलम चलाउने उनी समालोचनाका क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन्।

त्यसबाहेक समसामयिक विषयका अखबारी लेखनमा पनि सञ्जीवको कलम चल्दै आएको पाइन्छ। जून ओर्लेको रात उनको दोस्रो साहित्यिक कृति हो। यसअघि २०७४ सालमा उनको पहिलो कृति ‘यानी’ मुक्तकसङ्ग्रह प्रकाशित छ। 

नयाँ कृतिलाई बजारमा ल्याएको हो अम्बर पब्लिकेशन, नयाँ दिल्लीले। नेपालमा वितरण व्यवस्थापन भने माया पब्लिकेसनले गर्ने छ।  

प्रकाशित मिति: १५:१८ बजे, बिहीबार, चैत १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्