Kathmandu Press

चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द 

काठमाडौं, चैत ९ : कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ।  सङ्घको आ....

चैत २१ गतेसम्म ‘व्यापार–व्यवसाय’ बन्द 

काठमाडौं, चैत ९ : कोभिड–१९को सङ्क्रमणलाई ध्यानमा राखेर नेपाल व्यापार सङ्घले यही चैत २१ गतेसम्म व्यापार व्यवसाय बन्द गर्ने भएको छ।  सङ्घको आइतबार बिहान बसेको पदाधिकारी बैठकले कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि फैलन सक्ने बताउँदै उक्त दिनसम्म सम्पूर्ण बजार बन्द गर्ने निर्णय गरेको हो। 

सङ्घका अध्यक्ष कुमार कार्कीले सरकारले अत्यावश्यकबाहेक सेवा बन्द गर्ने निर्णय गरेकाले सङ्घले पनि बजार बन्द गर्ने निर्णय गरेको जानकारी दिए। “व्यापार सङ्घमा आबद्ध व्यवसायीलाई अत्यावश्यक सामानबाहेक अरु सामग्री बिक्रीवितरण बन्द गर्ने निर्णय गरेका छौँ,” उनले भने।

त्यस्तै काठमाडौंका  अधिकांश व्यापारीका मलहरु आजदेखि बन्द भएको छ। काठमाडौंका सिभिल मल, विशाल बजार, पिपुल्स प्लाजा, काठमाडौं मल, रञ्जना ट्रेड सेन्टर लगायतका मलहरु बन्द भएका हुन्। मलहरुको साथै न्यूरोड, महावौद्धलगायतका क्षेत्रका होलसेल पसलहरु पनि बन्द भएको छ।

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्