Kathmandu Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित

चितवन, चैत ९ : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौत....

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित

चितवन, चैत ९ : विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ। फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको जानकारी गराएको हो।

फाउण्डेशनले विज्ञप्तिमा विभिन्न सुरक्षाका उपायहरु अपनाएर रङ्गशाला निर्माणलाई निरन्तरता दिइरहेको भए पनि सरकारले गरेको निर्देशनबमोजिम २५ जना भेला हुन नपाइने भएकाले निर्माणको कामलाई तत्कालका लागि स्थगन गरिएको उल्लेख गरेको छ। फाउण्डेशनको विज्ञप्तिमा विश्व कोरोनाको त्रासले आक्रान्त भएको अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनासमेत प्रभावित भइरहेकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अछुतो नरहने जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘कामलाई तीव्रताका साथ अघि बढाइरहेका थियौँ, कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रङ्गशाला प्रवेशमा रोक लगाउनुका साथै कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्ने र ह्याण्ड स्यानिटाइजरको प्रयोग पनि सकेसम्म गरिरहेका थियौँ। कोरोना सङ्क्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेका छौँ।’

रङ्गशाला निर्माणको काम अझै तीव्रगतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेकाले रङ्गशालामा कामदार मात्रै साढे दुई सयभन्दा बढी भएकाले पनि काम स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ। मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो। त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रङ्गशाला निर्माणको काम केही समय (सामान्य अवस्था नहुन्जेलसम्म) स्थगन गर्ने निर्णयमा पुगेका छौँ।’ 

जनस्तरबाट निर्माण हुने यस रङ्गशालामा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले आग्रह गरेका छन्। जनस्तरबाट निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला गएको वर्ष माघ १६ गते भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भई निर्माण घोषणा गरिएको थियो। 

विस्तृत गुरुयोजना तयार हुनुअगावै फाउण्डेशनले प्रारम्भिक चरणका काम (कम्पाउण्डिङ, साइट क्लिरयन्स, साइट अफिस, गोदामघर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मङ्सिर अगाडि नै सम्पन्न गरिसकेको कट्टेलले बताए। डिपिआर तयार भई यही मङ्सिर १ गतेदेखि उक्त गुरुयोजनाअनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम शुरु गरी चार महिना आठ दिनमा सात क्रिकेट कालोपत्र भएको खेल मैदानको ८५ प्रतिशत काम र प्यारापिट संरचनाको तयारीस्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको उनले जानकारी दिए।

प्रकाशित मिति: ११:४९ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्