Kathmandu Press

सुनकोशीमा बेपत्ता तीनमध्ये बाँकी एक बालककाे पनि शव भेटियाे

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।  उनीहरू तीनै जना उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ का हुन्।
सुनकोशीमा बेपत्ता तीनमध्ये बाँकी एक बालककाे पनि शव भेटियाे

काठमाडौं, चैत १३ : हाेली खेलेर आइतबार सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका १० वर्षीय लोकबहादुर मगरकाे शव पनि फेला परेकाे छ। नुहाउने क्रममा बेपत्ता भएका तीनजनामध्ये दुईजनाकाे शव यसअघि नै फेला परिसकेका छन्।

सशस्त्र प्रहरीको बराह बाहिनीका डिआइजी अन्जनीकुमार पोखरेलका अनुसार बुधबार धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल बुधबार ८ वर्षीय लाेकबहादुर मगरकाे शव भेटिएकाे हाे।

Hardik ivf

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार बिहान साउनेको धाप्लाङदेखि ६ किलोमिटर तल सूर्यढुंगा भन्ने स्थानमा १२ वर्षीया रेखा मगरको शव फेला परेको प्रहरीले जनाएको छ। मंगलबार ९ वर्षीय रिदम मगरको शव फेला भेटिएको थियो।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ।  उनीहरू तीनै जना उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ का हुन्। 

प्रकाशित मिति: १७:२० बजे, बुधबार, चैत १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्