Kathmandu Press

‘सिनेमा साक्षरता अभियान’ सुरु

काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरामा सञ्चालन हुने कलेजका प्रधानाध्यापक रामराज दाहालले जानकारी दिए।
‘सिनेमा साक्षरता अभियान’ सुरु

काठमाडौं, चैत १४ : नेपालमा चलचित्रसम्बन्धी अध्ययन गरिरहेको ‘अस्कर कलेज’ले आजदेखि ‘सिनेमा साक्षरता अभियान’ सुरु गरेको छ। उक्त अभिनयमा नेपालका दश सहरहरुमा यही चैत २५ गतेसम्म सञ्चालन हुनेछ।

काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरामा सञ्चालन हुने कलेजका प्रधानाध्यापक रामराज दाहालले जानकारी दिए।

Hardik ivf

'हामीले आजदेखि पूर्वीनेपालको बिर्तामाेडबाट साक्षरता अभियानको सुरुआत गरेका छौँ। नयाँ पुस्तालाई चलचित्रसम्बन्धी जानकारी दिन हामी उनीहरु कै सहरमा पुगेका हौँ। यसले नेपाली चलचित्रप्रतिको चासोलाई बढाउँछ भन्ने हाम्रो विश्वास छ', उनले भने, 'चलचित्रसम्बन्धी गतिविधि काठमाडौँ उपत्यकामा मात्र केन्द्रित गर्दा त्यसको प्रभाव मोफसलमा पर्न सकेको छैन। विभिन्न तहमा अध्ययनरत, परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो अभियान सुरु गरेका हौँ।'

अभियानमा हरेक सहरमा एक दिने कार्यशालामार्फत चलचित्रप्रतिको जिज्ञासा, यसमा भविष्य र जटिलता बारेमा जानकारी दिइने प्रधानाध्यापक दाहालले बताए। 

कार्यशालामा प्रश्नोत्तर, अभिनयका अभ्यास, चलचित्रको इतिहास र चरित्रबारे जानकारी दिँदै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्न सकिन्छ, कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रुपान्तरण गर्नेलगायत विषयमा प्रयोगात्मक अभ्यास गरी देखाइने उनले जानकारी दिए।

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्