Kathmandu Press

कोभिड–१९ : महोत्तरीका सीमानाका बन्द

महोत्तरी, चैत ९ : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ। जिल्लाको भिठ्ठामोरबाहेक अन्य ....

कोभिड–१९ : महोत्तरीका सीमानाका बन्द

महोत्तरी, चैत ९ : कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ। जिल्लाको भिठ्ठामोरबाहेक अन्य सबै सीमानाका पूर्णरूपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।

जिल्ला सुरक्षा समितिको शनिबारको बैठकले विभिन्न  ११ मुख्य र अरु बस्ती/बस्तीसँग जोडिएका नाका आजदेखि बन्द गर्ने निर्णय गरेको हो।  

करिब ३८ किलोमिटर भारतसँग सीमा जोडिएको जिल्लामा बाक्लो ओहोरदोहोर हुँदै आएका खैरवनी, सम्सी, गैढाभेटपुर, पोखरभिण्डा, इँटहर्वाकट्टी, कटैया, बथनाहा, मधवा, नैन्ही, पर्सापतैली र मटिहानीसहितका नाकाबाट आवतजावत पूर्ण बन्द गरिएको छ। यसैगरी रघुनाथपुर, सग्रामपुर, कट्टी, शिशवाकटैया, मुसरपट्टी, मलिवारा र सकरीलगायतका सीमाबाट हुने आवतजावत पनि पूर्णरूपले बन्द गरिएका छन्।

बन्द गरिएका नाकामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगमन गस्ती शुरु गरेका जनाइएको छ। सीमाक्षेत्रका सबै स्थानीय तहसँग समन्वय गरेर सीमा वारपार नगर्न लगातार सन्देश प्रवाह गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए।  

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कोरोना भाइरसको जोखिम विरुद्ध सामूहिक काम गर्न आवश्यक रहेको बताए। जिल्लामा भारतसँग सीमा जोडिएका मटिहानी, जलेश्वर, मनराशिशवासहित तीन नगरपालिका एवं एकडारा र सम्सीसहित दुई गाउँपालिकासमेत पाँच स्थानीय तह पर्दछन्। जिल्लाका भिठ्ठामोर र मटिहानीमा उपकरणसहितको स्वास्थ टोली यसअघि नै सञ्चालनमा आइसकेका छन्।

प्रकाशित मिति: ११:२४ बजे, आइतबार, चैत ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्